काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

उखु किसानलाई भेटेर बाबुरामले भने, ‘अनुदानको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्छु’

5.15K
shares
khanepani bord

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार काठमाडौंको माइतिघरमा धर्नामा बसेका उखु किसानहरुसँगको भेटपछि भट्टराईले विश्वमा नै किसानहरुलाई अनुदान दिने प्रचलन रहेकोमा नेपालमा पनि सरकारले यसअघि नै घोषणा गरेको अनुदान वापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

आर्थिक वर्ष २०७१/७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना दिँदै आएका छन् ।

भट्टराईले किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउदा बाहिरबाट आउने कृषिजन्य बस्तुसंग प्रतिष्पर्धा गर्न नसक्दा किसानहरु मारमा परेको बताए । उखु किसानलाई दिईने अनुदानमा भ्रष्टाचार हुनसक्ने देखिएको भन्दै यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

उखु किसानहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

IME
khanepani