रास्वपाका महासचिव मुकुल ढकालले भने, “ढाकाको पैसा खाएको पुष्टि गर्न चुनौति दिन्छौं”
वि.सं.२०८० जेठ १० बुधवार २१:५१
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले ढाका कुमार श्रेष्ठसँग जोडिएर आएका केहि समाचार प्रति म्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
उनले सामाजिक सञ्जालमा आफ्ना भनाई पोष्ट गर्दै उक्त भनाई राखेका हुन । उनले भनेका छन “केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।”


























