साताको पाँचौ दिन बिहिबार तोलामा एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौ दिन बिहिबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै बुधबार प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदि तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।

११,जेष्ठ.२०८०,बिहीबार १०:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्