चर्च ब्वाइज र मनाङले अंक बाँडे

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेका छन् ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ ।

मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

११,जेष्ठ.२०८०,बिहीबार १७:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्