काठमाडौं उपत्यकासहित देशभर यस्तो छ आजको मौसम अनुमान

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ ।

१२,जेष्ठ.२०८०,शुक्रबार ०८:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्