साताको अन्तिम कारोबारका दिन शुक्रबार तोलामा पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा पाँच सयले घटेर एक लाख आठ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने तोलामा एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ ।

१२,जेष्ठ.२०८०,शुक्रबार १२:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्