नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

१२,जेष्ठ.२०८०,शुक्रबार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: