काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने

3.93K
shares
khanepani bord

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि बार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै साना व्यवसायीको कर तिर्ने लागत घटाउन प्रत्येक महिना मूल्य अभिवृद्धि कर सम्बन्धी जानकारी पेस गर्नु पर्ने व्यवस्था हटाउने घोषणा गरेका छन।

उनले उक्त व्यवस्थाले प्रत्येक महिनाको २५ गतेसम्म मूल्य अभिवृद्धि कर सम्बन्धी विवरण बुझाउने व्यवस्था अन्त्य भएको बताए ।

सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । अघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो । कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ। वैदेशिक रोगजारीमा विदेश गएर १ वर्षपछि फर्केका व्यक्तिले ल्याएको जुनसुकै आकारको टीभीमा भन्सार नलाग्ने भएको छ ।

यस अघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो । ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो। अब भने जुनसकै आकारको टीभी ल्याए पनि भन्सार नलाग्ने भएको हो।

IME
khanepani