काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

‘अखण्ड भारत’को नक्साप्रति रास्वपाको आपत्ति, प्रधानमन्त्रीको भ्रमणको क्रममा सत्यतथ्य सार्वजनिक गर्न माग

5.82K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण जनाएको छ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नहुने बताए।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ ।’

IME
khanepani