बजेटले सुनको राजश्व बढाएपछि सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुनको भाउ तोलामै १ हजार ५०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । म‌ंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो।

यो दिन छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य सामान्य बढेपनि आर्थिक वर्ष २०८० ८१ को बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुयाएकाले सुनको मूल्य हालसम्मै उच्च रहेको महासंघले जनाएको छ ।

१७,जेष्ठ.२०८०,बुधबार १३:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्