आज बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधवार मात्रै तोलामा ११ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै बुधवार चाँदी तोलामा १ हजार ३९५ रुपैयाँ कायम भएको थियो । भने आज १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

१८,जेष्ठ.२०८०,बिहीबार ११:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्