
काठमाडौं । कृषि विकास बैंकले विभिन्न रिक्त पदमा १६९ जना कर्मचारी माग गरेको छ ।
शुक्रबार बैंकले खुला तथा समावेशी प्रतियोगिताका लागि नवौं तहदेखि चौथो तहसम्मका कर्मचारी नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो ।
बैंकले वरिष्ठ शाखा प्रमुख नवौं तह १, शाखा प्रमुख आठौं तह ४, वरिष्ठ लेखा अधिकृत सातौं तह ६, वरिष्ठ इञ्जिनियर सातौं तह मा १, व्यवसाय अधिकृत छैटौं तह ३८, व्यवस्थापन सूचना प्रणाली अधिकृत छैटौं तह ३, कानून अधिकृत छैटौं तह २, इञ्जिनियर आईटी छैटौं तह १ र कर्जा अधिकृत छैटौं तह ९ जनाको दर्खास्त आह्वान गरेको छ ।
त्यस्तै व्यवसाय सहायक, ऋण सहायक पाँचौं तह ३६, सहायक पाँचौं तह ६ र सहायक चौथो तहमा ७२ जना कर्मचारी मागिएको छ ।
यस्तै आवेदन जेठ १९ देखि असार ७ गतेसम्मका लागि खुला गरिएको छ । दोब्बर दस्तुर तिरी असार ८ देखि १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्