यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसामा कारोबार हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४८ पैसा, क्यानेडियन १ को खरिददर ९७.९६ र बिकी दर ९८.४ मा किनबेच हुनेछ ।

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१४ रुपैयाँ तथा बिक्री दर ८७.५४ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा, साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.७१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८४ रुपैयाँ रहेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिददर १०.११ रुपैयाँ छ भने बिक्री दर ९०.१५ रुपैयाँमा खरिद बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

२१,जेष्ठ.२०८०,आईतवार ०८:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्