काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले गराए संकल्प प्रस्ताव दर्ता

3.46K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रि–मनसुन र डेंगुलगायतको महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संसद सचिवालयमा संकल्प प्रस्ताव पेश गरेका हुन् ।

डेंगू रोगले महामारीको रुप लिनसक्ने प्रवल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्वतयारी गर्नुपर्ने उल्लेख गरेका छन् ।

डेंगू रोगको विषयमा व्यापक जनचेतना जगाउनको लागि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न समेत माग गरेका छन् ।

यस्तै, देशभर वर्षायाम सुरुहुनु अगावै जेठेको पहिलो हप्तामा नै सुरु भएको प्रि मनसुनले सबैलाई झस्काएको उल्लेख गर्दै सम्भावित महामारीपूर्व नै सावधानीको व्यवस्था गर्न माग गरे ।<img src="https://nepalijanta.com/wp-content/uploads/2023/06/345095434_971053357572805_659169596177393410_n-169×300.jpg" alt="" width="700" height="500” class=”alignnone size-medium wp-image-257961″ />

IME
khanepani