बजेट आएसँगै आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति बनाउन जुट्यो नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति बनाउने तयारी थालेको छ । राष्ट्र बैंकले आगामी मौद्रिक नीति कस्तो हुुनुपर्छ, के के समेटिनु पर्छ लगायतका विषयमा सुझावसमेत मागेको छ ।

असार १० भित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा पुग्नेगरी सुझाव पठाउन उसले भनेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुट्छ ।

बजेटले वित्त नीतिका विषय समेट्छ भने मौद्रिक नीतिले मूल्यवृद्धिलगायत मुद्रासँग सम्बन्धित विषयलाई समेट्ने गर्छ ।

२२,जेष्ठ.२०८०,सोमबार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्