कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरूले आजै राजीनामा दिने

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

विराटनगरमा बिहान पार्टीका प्रदेश पदाधिकारी सहित भएको संसदीय दलको बैठकले हिकमत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

यस्तै आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने समेत निर्णय भएको माओवादी प्रदेश कमिटीका उपाध्यक्ष शिव डाँगीले बताए ।

बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

२३,जेष्ठ.२०८०,मंगलवार १३:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्