सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौ । काठमाडौ नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔसत १९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२४,जेष्ठ.२०८०,बुधबार ११:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्