काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

सदनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन, दोषीलाई कारवाही हुन्छ’

3.17K
shares
khanepani bord

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भएको बताएका छन्।

एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याएको पनि बताए।

उनले भने, ‘विविध पक्षको प्रकार संस्था र संगठन छन्। जसले पहिचानको पक्षधर भएको बताउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। हामी संविधान लोकतान्त्र र शान्तिपूर्ण बाटोलाई सुनिश्चिता गर्न चाहन्छौं। संघीयता होस् वा कोशी प्रदेशको वैचारिक विरोध गर्नु वा फरक दृष्टिकारण राख्नु, अर्को नामको पक्षमा जनधर खडा गर्न पाउँछन्।’

अराजक गतिविधिलाई सरकार छुट नदिने भन्ने कुरा आन्दोलनकारिलाई सरकारले भनिसकेको बताए। उनले अहिले सबैको सुरक्षा र वार्ताबाट समस्याको समाधानको पहल भइरहेको बताए। प्रदेश सरकारले पनि वार्ताको लागि आह्वान भइसकेको सकारात्मक कुरा भएको बताए।

एमाले अध्यक्षसहितका नेताहरुमाथि भएका दोषीहरुलाई कानुनी कारवाही गर्ने बताए।

IME
khanepani