कञ्चनपुरमा नहरमा डुबेर युवकको मृत्यु

धनगढी । कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ गोबरियाका ३५ वर्षीय भुवनराज भट्टको शुक्रबार साँझ नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नहरमा पानी लगाउन भन्दै घरबाट गएका भट्ट अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भट्टलाई नहरमै पानीमा डुबेको अवस्थामा मृत भेटेको हो ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२७,जेष्ठ.२०८०,शनिबार १७:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्