प्रचण्डप्रति लिङ्देनको कटाक्ष : नदीनाला विदेशीलाई जिम्मा लगाउनु उपलब्धी ठाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नदीनाला विदेशीलाई दिँदा उपलब्धी ठान्न थालिएको टिप्पणी गरे ।

‘आज हेनुर््स् त, देशको जिम्मा लिएको राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्ता प्रकारका छन् ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन्’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भएको थियो ।

अध्यक्ष लिङ्देनले भारतले नयाँ संसदमा राखेको नेपाली भूमिसहितको नक्साबारे भने कुरा उठाउन नसकेको भन्दै प्रचण्डको आलोचना गरे । ‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ’ उनले भने ।

२७,जेष्ठ.२०८०,शनिबार १९:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्