काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

स्थानीयको विरोधबीच अनामनगरको सार्वजनिक जग्गामा महानगरको डोजर

3.35K
shares
khanepani bord

काठमाडौं । अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् ।

सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूसँग विवाद बढेको हो । वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा एक पक्ष स्थानीय छन् भने ।

अर्को पक्षका सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरूबीच नै विवाद भएको थियो ।

काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय भवन बनाउन त्यहाँ डोजर लगाएको हो । स्थानीयले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर नहुने तर्क गरेका छन् । वडा कार्यालयबाहेकका अन्य कुनैपनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिवद्धता उनीहरूको छ ।

IME
khanepani