काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

फेवा सिमसार क्षेत्रका संरचनामा पोखरा महानगरले चलायो डोजर

5.15K
shares
khanepani bord

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरेर घडेरीका लागि बनाएको संरचनामाथि डोजर चलाएको छ । सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले बनाएको घडेरीको संरचनामाथि महानगरले डोजर चलाएको हो ।

केसीले महानगरबाट कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए ।

विश्व रामसार क्षेत्रमा सूचीकृत फेवा सिमसार क्षेत्र पछिल्लो एक वर्षयता उल्लेख्य रुपमा पुर्ने काम बढेर गएको छ । व्यवसायी युवराज खतिवडाले जग्गाधनीसँग ४ देखि ५ लाख रुपैयाँसम्म लिएर सिमसार पुर्ने काम गरिरहेका छन् । खतिवडाले आफूले स्थानीयकै आग्रहमा जग्गा पुर्दै आएको र आफूले पुरेको क्षेत्र सिमसारमा नपर्ने बताउँदै आएका छन् ।

पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार मंगलबार ८० रोपनी क्षेत्रमा सिमसार पुरेर बनाइएको घडेरीको संरचना भत्काइएको छ ।

‘उहाँहरुलाई हामीले अनुमति नलिई नबनाउनुस् भनेर पटकपटक आग्रह गर्दा पनि अटेर गर्नुभयो । बीचबीचमा निर्माण सामग्री पनि जफत गरेका थियौं, त्यति गर्दा पनि नमानेपछि भत्काउनु परेको हो । अब बाँकी जजसले अनधिकृत रुपमा संरचना सिमसार बनाउनुभएको छ, सबैको भत्काउछौं’ पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने ।

IME
khanepani