काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजना हेटौँडाबाट पक्राउ

5.93K
shares
khanepani bord

हेटौँडा । मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा प्रहरीले ५६१ दशमलव ३० ग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो ।

आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् ।

प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

IME
khanepani