साताको चौथो दिन बुधबार सुनको भाउ घट्यो, कतिमा हुदैँछ कारोबार ?
वि.सं.२०८० जेठ ३१ बुधवार ११:४२
shares

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको भाउ घटेको छ ।
आज छापावाल सुन ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हाजर ८ सय रुपैयाँ कायम भएको छ भने हिजो मंगलबार १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी मंगलबार तोलामा १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४२५ रुपैयाँमा झरेको छ ।


























