काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

3.71K
shares
khanepani bord

काठमाडौ । काठमाडौ आइएमई लाइफ इन्स्योरेन्सको आज (शुक्रबार) देखि प्रिमियम मूल्यमा आइपिओ निष्कासन तथा बिक्री खुला भएको छ।

कम्पनीले पहिलाे चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो।

कम्पनीले सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको हो।

यस्तै, निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गर्ने भएको छ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने सर्वसाधारण लगानीकर्ताहरूले असार २४ गतेसम्म आवेदन दिन सक्ने छन्। सो अवधिसम्म सम्पूर्ण कित्ता सेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री अवधि साउन ४ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्ने छन्।

IME
khanepani