आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर पिउनु पर्ने समस्या
वि.सं.२०८० असार १ शुक्रवार १६:२१
shares

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर पिउनु पर्ने समस्याले किसानहरु आजित भएका छन । हरेक वर्ष गर्मी मौसममा तीन चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन्। उक्त बस्तीलाई लक्षित गरी आव २०७६\०७७ देखि सुरू भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यस वर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम बीचैमा रोकिने भएको छ ।


























