काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

भारतीय पक्षले एकतर्फी रूपमा प्राविधिक पठाएर नेपाली भूमिको नापजाँच गरे : सांसद अर्याल

3.38K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गराएको संसद्लाई जानकारी गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार १ गते इन्डेयन नेशनलको हाइवेको सर्वे गर्ने भन्दै कञ्चनपुरको भूमि भारतीय प्राविधिकहरूको टोलीले नापेको बताए।

उनले भने, ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्। के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो। म सरकारलाई प्रश्न गर्न चाहन्छु।’

सुरक्षाकर्मीले सुइँको नपाउँदा स्थानीयहरूले गलत काम भएको भन्दै प्रहरीलाई जानकारी गराएको बताए।

उनले नेपाली पक्षलाई जानकारी नै नगराई एकतर्फी रूपमा भूमि नापजाँच गर्ने कुरा सामान्य नभएको बताए।

उनले सो घटनाको सत्य तथ्य छानबिन गराउन सरकारसँग माग गरे।

IME
khanepani