काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

खराब मौसमका कारण प्रधानमन्त्री प्रचण्डसहितको टोली पाँचथर अवतरण गर्न सकेन

3.58K
shares
khanepani bord

काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली प्रतिकूल मौसमको कारण पाँचथरमा अवतरण हुन नसकेपछि विराटनगर प्रस्थान गरेको छ ।

आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो । तर प्रतिकूल मौसमका कारण पाँचथरमा हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि विराटनगरतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सिता गुरुङ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरु छन् ।

IME
khanepani