काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता ग¥योः सांसद डा.वाग्ले

5.06K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताए ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन । उनले नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको बताए। उनले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने बताए। उनले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी गर्नुभयो। सांसद डा।वाग्लेले नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताए। उनले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताए। उनले नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा मात्रै खुम्चिएको आरोप लगाएका छन। उनले आईटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको बताए। उनले निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिव सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको बताए। उनले करिव सात हजार जतिले ट्याक्स तिर्ने गरेको भन्दै १०६ वटा एक्स्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेको जानकारी दिए। उनले फ्री लेन्सर भएर कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेको बताए। उनले यसरी काम गर्नेहरुको औसत आम्दानी लगभग चार हजार ७२३ डलर रहेको भन्दै प्रतिवर्ष पाँचहजार डलर आम्दानी गरिरहेको उल्लेख गरे। उनले अहिले युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत प्रतिव्यक्ति आय पाँच हजार डलरकै हाराहारीमा रहेको बताए। उनले आईटी क्षेत्रमा शुरुवात लेबलमा नै करिव ३ हजार,मध्यम लेबलमा ६ हजार ३९५ र सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ डलर आम्दानी गर्ने गरेको बताए । उनले १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि भएको दाबी बताए ।
उनले भने ,‘नेपालमा आईटी क्षेत्रको सम्भावना कति छ ? विदेशको काम गर्ने नेपाली कति छन् ? भनेर हामीले निजी क्षेत्रबाट अध्ययन गरेका थियौँ । यसको प्रारम्भिक तथ्यांकहरू सुन्दाखेरि नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने खालको अनुमान गर्न सकिन्छ, । यो नयाँ रूपान्तरणकारी सेक्टरमा हामीले उही झारा टार्ने डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा खुम्चिएका छौँ । तर, जुन रूपान्तरणकारी सम्भावना छ, त्यसबारे हामीले सम्बोधन गरेकै छैनौँ । पर्यटन हाईभ्यालु एग्रिकल्चरका विषयमा धेरै साथीहरुले भनिसक्नु भएको छ । आज आईटीको अथाहा सम्भावनालाई हामी त्यसको भ्याउनै पाउन सकेका छैनौं । खोस्रनै सकेका छैनौं । हामीले निकालेको आँकडाअनुसार करिव सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् । करिब सात हजार जतिले ट्याक्स तिर्छन् । १०६ वटा एक्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेछन् । फ्री लेन्सर हाम्रो भाई बहिनीहरु कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेछन् । उनीहरूको औसत आम्दानी छ लगभग चार हजार ७२३ डलर । प्रतिवर्ष पाँचहजार डलर उनीहरूको आय रहेछ । यो आय चानचुने कुरा हैन । अहिले चर्चामा रहेको युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत आय पनि प्रतिव्यक्ति आय पाँच हजार डलर कै हाराहारीमा हो । इन्ट्रि लेबलमा नै करिव ३ हजार डलर कमाउने,मध्यम लेबलमा ६ हजार ३९५ र आईटी क्षेत्रबाट सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ आम्दानी छ । १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि हो । यति डाइनामिक सेक्टर यहीँ छ । तपाईं हामीसँग चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग यसरी काम गरिरहेको हुन सक्छ । टोटलमा करिव ५१५ मिलियन डलरको आम्दानी गराईरहेका छन् । कम्पनीगत हिसावले २०१ र फ्रि लेन्सरहरुबाट करिव ३१४ मिलियन जुन गत साल पर्यटनबाट आयको ४६ खर्ब आईटीबाट ६० अर्ब आएको छ । तर हामीले त्यो भ्येयू नै पाएनौं । यसलाई बजेटले रेक्जनाइज गरेको छैन । र्फमलाइज पनि गरेको छैन । २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेका छौं । त्यसैले यो अथाहा सम्भावना भएको क्षेत्रहरुमा उल्लेखिय कदम चालिएन ।’

सांसद वाग्लेले यति डाइनामिक सेक्टर नेपालमा रहेको दाबी बताए। उनले चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग काम गरिरहेको बताए । उनले अहिले करिव ५१५ मिलियन डलरको आम्दानी नेपालमा बसेर वार्षिक रुपमा गराइरहेको बताए। उनले कम्पनीगत हिसावले २०१ र फ्रि लेन्सरहरुबाट करिव ३१४ मिलियन रहेको बताए। उनले जुन गत साल पर्यटनबाट आयको ४६ खर्ब आम्दानी भएकोमा आईटीबाट मात्रै ६० अर्ब आएको बताए। उनले यस्तो क्षेत्रलाई सरकारले कुनैपनि शिर्षकमा प्राथमिकता नदिएको भन्दै चिन्ता व्यक्त गरे
। उनले आईटी क्षेत्रमा २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेको बताए। उनले आईटी क्षेत्रको विकासका लागि भएका ऐन तथा नियमलाई सुधार गर्दै जानुपर्ने बताए । उनले सरकारले ल्याएको बजेट आर्थिक सुधारको नेतृत्व आवश्यक संस्थागत अभिमुखिकरण र तयारी नभएको बताएका छन उनले आर्थिक सुशासन र स्वच्छ नियमनको जगमा गतिशित प्रतिष्पर्धात्मक अर्थतन्त्र बनाउन विश्वनिय जग नदेखिएको पनि बताएका छन। उनले बजेटको भाषणमा शुद्धाशुद्धी मिठास मिलाएर प्रश्तुत गरे पनि डर लाग्दो हेलचेक्राँई गरि ल्याएको उल्लेख गरेका छन।

IME
khanepani