काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुराः प्रेम चलाउने (भिडियो सहित)

5.03K
shares
khanepani bord

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयबिरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बसेका थिए । धर्नास्थलमा वैशाखी टेकेर पुग्नुभएका उहाँले घामजस्तै छर्लङ्ग घटनामा न्ययाको भिख माग्नु दुःखको कुरा भएको बताए । उनले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए । उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताएका छन । उनले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताएका छन। उनले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताए । उनले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताएका छन ।

उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताएका छन ।

IME
khanepani