
सुर्खेत। आज कर्णाली प्रदेश सभाको बैठक बस्दै छ ।
प्रदेशसभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ ।
प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम माथि आजबाट छलफल सुरु हुनेछ ।
मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्