
एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३० पैसा र बिक्रीमा २८ रुपैयाँ ४३ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७५ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्