
एजेन्सी । इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका बारण भएको ठूलो जनधनको क्षतिप्रति तीन दिने शोक घोषणा गरेको छ ।
मंगलवार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलवार मोरक्को र लिबियामा भएको घटनाप्रति तीन दिने शोक मनाउने बताए । सिसीले मोरक्कोमा भूकम्प र लिबियामा आएको आँधीबाट प्रभावितहरुप्रति समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । उनले सशस्त्र सेनालाई दुवै देशमा मानवीय सहायता पठाउन निर्देशन दिएका छन ।
प्रतिक्रिया दिनुहोस्