नेम्वाङको परिवारलाई समवेदना दिन एकसाथ पुगे झलनाथ खनाल र शंकर पोखरेल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शंकर पोखरेल संविधान सभा अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको परिवारलाई समवेदना दिन एकसाथ पुगेका छन्।

आइतबार बिहान बालुवाटार स्थित नेम्वाङ निवासमा पुगेर नेता खनाल र महासचिव पोखरेलले परिवारलाई समवेदना प्रकट गरेका हुन्।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।

३१,भाद्र.२०८०,आईतवार १४:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्