काठमाडौं उपत्यका भित्रका १८ वटा स्थानीय तहहरुको मेयर्स फोरमको सिइओमा इन्जिनियर रुद्र गौतम नियुक्त

काठमाडौं । उपत्यका मेयर्स फोरमको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर रुद्र गौतमलाई नियुक्ती गरिएको छ ।
गौतम काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पूर्व प्रबन्ध निर्देशक हुन भने केयूकेएलको लामो समयसम्म संचालक समिति सदस्य भएर काम गरेका छन । उनी ललितपुर महानगरपालिकाका पूर्व प्राविधिक प्रमुख भएर काम गरिसकेका छन । उनलाई उपत्यका भित्रका १८ वटा स्थानीय तहहरुमा मेयर्स फोरमको नीतिगत निर्णय कार्यान्वयन गर्न समन्वयकारी भुमिका दिइएको छ ।

३१,भाद्र.२०८०,आईतवार २१:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्