
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले ढिलै र सानो स्केलमा भएपनि कर्मचारी सरुवा निर्देशिका,२०७८ को पालना गर्न खोजेको देखिएको छ ।
दुई वटा शाखाका शाखा प्रमुखलाई सरुवा गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) संचालक समितिको बैठक नं ३९४ मिति २०७८।०९।२२ गते केयूकेएल संचालक समितिले पास गरेको सरुवा निर्देशिका अनुसार कार्यालय प्रमुखहरुको सरुवा भाद्र महिनामा गरिसक्नु पर्ने भनिएको छ । “काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) सरुवा निर्देशिका २०७८ को दफा ६ (१) (क) कार्यालय प्रमुखको भाद्र महिनामा सरुवा गरिसक्नु पर्ने भन्ने लेखिएको छ ।” सोहि अनुसार केयुकेएलका सिइओ ज्ञानेन्द्रबहादुर कार्कीले भक्तपुरका चेतबहादुर ऐरलाई भक्तपुर शाखाबाट महाँकाल चौर शाखाको सहायकमा सरुवा गरेर उक्त ठाउँमा इन्जिनियर हेम बहादुर बुढाथोकिलाई सरुवा गरेका छन भने, किर्तिपुर शाखामाका प्रमुख निगृन्द्र श्रेष्ठलाई मुख्य कार्यालयमा सरुवा गरेर उनको ठाउँमा इन्जिनियर मिना महर्जनलाई सरुवा गरेका छन ।
समय पुगेका केहि कार्यालय प्रमुखहरुलाई प्राविधिक कारणले सरुवा गर्न कठिनाइ भएको कारण सरुवा हुन नसकेको बुझिएको छ ।
अब अन्य प्रशासन, लेखा र प्राविधिक कर्मचारीहरुको सरुवा आश्विन महिनामा गर्न केयूकेएलका सिइओलाई बाटो खुलेको छ । केयुकेएलमा यति आट गर्न सक्नुलाई पनि ठुलै बहादुरी गरेको भन्नु पर्छ । एकले अर्कोसँग बोल्न समेत प्रतिवन्ध लगाउने केयूकेएलका युनियनका नेताहरुका अगाडि सरुवा गर्नु त चानचुने चुनौति होइन ।
प्रतिक्रिया दिनुहोस्