मेलम्ची विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ खानेपानी विभागको महानिर्देशकमा सरुवा

काठमाडौ । ई.कमलराज श्रेष्ठ खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक भएका छन । आइतबार अर्थात हिजो बसेको मन्त्रीस्तरीय बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरेको हो ।

श्रेष्ठ खानेपानी तथा ढल व्यवस्थापन विभागको २७ औं महानिर्देशक हुन सफल भएका छन । २०२९ सालमा खानेपानी तथा ढल निकास विभाग स्थापना भएपछि विभागमा यस अघि २६ जना महानिर्देशक भएका छन ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडी भने अध्ययन बिदामा बसेका छन ।

गोरखा घर भएका महानिर्देशक कमल राज श्रेष्ठसँग यस अघि खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक भएर कार्य सम्पादन गरेको अनुभव छ । त्यसअघि उनी आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) को आयोजना निर्देशकको भुमिका निभाइसकेका छन । श्रेष्ठ खानेपानी क्षेत्रमा काविल प्राविधिक इन्जिनियर सहसचिव हुन ।

१,आश्विन.२०८०,सोमबार १९:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्