
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महाँकालचौर शाखाका प्रमुख नारायण कर्णले भ्रष्टाचार त भएको होइन, काम गर्दा केहि तलमाथि चाहि भएको आफु निकटहरुसँग स्वीकार गरेका छन ।
बानेश्वर शाखामा प्रमुख हुदाँ यसरी फर्जिविल बनाउन सिकेका कर्णले महाँकालचौर शाखामा पनि त्यहि कामलाई निरन्तरता दिइरहेका छन । कर्णले बुढानिलकण्ठ नगरपालिका, कागेश्वर मनाहरा नगरपालिका, काठमाडौं महानगरपालिका लगाएत नगरपालिकाबाट उपकोक्ता समितिसँग गरेको कामको वील समेत सिआईपीको बजेटमा गरेको देखाएर भुक्तानी लिएका छन ।
उनीहरुले निम्न अनुसारको कमिशन लिने गरेको खुलेको छ । स्टेशनरीमा २० प्रतिशत, फिटिङमा ४० प्रतिशत र पाइप लाइन कोटेश्नको काममा ४५ प्रतिशत र ठेक्कामा ७ देखि १५ प्रतिशत कमिशन खादै आएका छन ।
सिआइपीको करिव ५ करोड रुपयाँको काम गरेका छन । त्यसमा उनले दुई करोड भन्दा कमको मात्र ठेक्का लगाएको समाचार छ । थलि, कपन, बौद्ध, गोकर्णमा नयाँ पाइप लाइन र मर्मतको काम गर्दै आएका छन । होल चेन्ज, मिटर मर्मत, नयाँ मिटर खरिद र जडानमा समेत उपभोक्तासँग पैसा नलिकन काम नहुने उपभोक्ताहरुको गुनासो रहेको छ ।
नारायण कर्णले अकुतमा उजुरी परेमा छानविन हुने डरले केयूकेएलमा कमाएको पैसा ससुरालीमा लगेर राख्ने गरेका छन । उनको ससुराली भारतमा रहेको समाचार स्रोतले दावी गरेको छ । त्यसैगरि कर्णले सिइओलाई एक सिजनमा ८ देखि १० लाखसम्म कमिशन दिर्दै आएको स्वयं बताउँदै आएका छन ।
आफुले सबै काम सहि त नगरेको तर, कागजपत्र भने मिलाएको भन्ने, कर्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई समेत पैसा खुवाएको धाक लगाउदै आएका छन । अख्तियारका खानेपानी मन्त्रालय हेर्ने कर्मचारीसँग बुझ्न खोज्दा उनले नारायण कर्णलाई नचिन्ने समेत बताएका छन । यस सम्बन्धमा अख्तियार भित्र पनि शोधखोज भइरहेको बुझिएको छ ।
उनले फरक प्रसंगमा गरेका फोन र एसएमएसलाई आधार बनाएर धाक धम्की र रवाफ देखाएदै आएका छन । यो समाचारका विषयमा उनको प्रतिक्रिया लिन खोज्दा पटक पटक गर्दा पनि फोन रिसिभ नगरेर फोन काटेका कारण उनको भनाइ राख्न सकेका छैनौं । त्यसैले समाचार एकतर्फि भएको छ । समाचारको विषयमा उनको कुरा पनि समाबेस गर्न फोन गर्दा पैसा भाग्यो भन्ने जस्ता आधारहिन कुरा गर्ने गरेका कर्णको भ्रष्टाचार र अनियमितताले सिमा नाघेको छ ।
प्रतिक्रिया दिनुहोस्