एसियन गेम्स : पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो ।

मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो ।

आजको हारसँगै नेपाल जितबिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

३,आश्विन.२०८०,बुधबार १४:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्