कञ्चनपुरको बेलौरीमा मध्यराति कुटिए स्वास्थ्यकर्मी, आकस्मिक बाहेकका सेवा बन्द

कैलाली । हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि कुटपिट गरिएको हो ।

सोही नगरपालिकाका रामबहादुर खड्काले हातपात गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

यसैबीच अहेबमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै स्वास्थ्यकर्मीले आन्दोलनको घोषणा गरिएको छ ।

बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै तत्काल कारबाही नगरे ४ गतेदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । प्राथमिक स्वास्थ्य केन्द्रले विज्ञप्ति निकाल्दै प्रहरीले पनि घटनाप्रति गम्भीर नभएको आरोप लगाइएको छ ।

३,आश्विन.२०८०,बुधबार १५:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्