काँग्रेस नेताहरुलाई नेता सिटौलाको आग्रह– संविधान कार्यान्वयनमा जोडबल गर्नुस् (भडियो सहित)

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गरेका छन ।

बुधवार बिपी साहित्य महोत्सव २०८० मा आयोजित ‘बिपीको विचार, आजको संविधान र अबको बाटो विषयक अन्तरक्रियामा बोल्दै नेता सिटौलाले कांग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा जोडबल गर्नुपर्ने बताए । उनले संविधानलाई एकपटक कार्यान्वयन गरेर मात्रै मुल्यांकन र पुनरावलोकन गर्न सुझाव दिए । उनले संविधान कार्यान्वयनको सन्दर्भमा गाडि किनेर ल्याउने तर तेल नहाल्ने र ड्राइभर नराख्ने अवस्था भएको टिप्पणी गरे । उनले आफूले संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसपछिको दुई कार्यकाल आफू संसदमा प्रवेश गर्न नपाउनुलाई ‘ट्राजेडी’ को संज्ञा समेत दिनुभयो । नेता सिटौलाले संविधान जारी भएपछि नेपालको विकास मोडेलमा पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

उनले भने, – ‘मेरो आफ्नो ट्राजेडी संविधान जारी गर्ने बेलामा महत्वपूर्ण भुमिका निर्वाह गर्न पाएँ । तर निर्वाचनपछि दुई कार्यकाल म संसदमा प्रवेश गर्न त पाइँन । म तपाईहरुसँग के आग्रह गर्न चाहन्छु भने नेपाली कांग्रेस पार्टीका जति साथीहरु संसदमा हुनुहुन्छ, प्रदेशमा हुनुहुन्छ । तपाईहरु जहाँ जहाँ हुनुहुन्छ, तपाईहरुले संविधानको कार्यान्वयनमा एकपटक जोडबल त गर्नुस् । एकपटक त कार्यान्वयन गर्नुस् । एकपटक कार्यान्वयन गरेर त तपाई यसको मुल्यांकन गर्नुस् । अनि पुनरावलोकन गर्नुस् । तपाई कार्यान्वयन नै नगर्ने, गाडि लिएर आउनुभयो, गाडिमा तेल हालेर कुदाउनै नखोज्ने, ड्राइभर नै नराख्ने, अनि गाडि हिडेन भन्न पाइन्छ रु संविधान जारी भइसकेपछि नेपालको विकास मोडेलमा पनि परिवर्तन हुनुपथ्र्यो । किन भएन नेपालमा रु पुरानै एकात्मक सोँच, पुरानै केन्द्रिकृत सोँचका साथ तपाई विकासको नमूना अगाडी ल्याउनुहुन्छ, अनि संविधान कसरी कार्यान्वयन गर्न सक्नुहुन्छ रु तपाईको मानसिकता केन्द्रिकृत एकात्मक बाट टुट्नुभएको छैन, अनि कसरी संविधान कार्यान्वयन गर्न सक्नुहुन्छ रु जबसम्म तपाई आफ्नो मानसिकतामा परिवर्तन गर्न सक्नुहुन्न, जबसम्म तपाई संसदलाई समग्रमा संविधानले ल्याएका विषयवस्तुमा जोड्न सक्नुहुन्न तबसम्म संविधान कार्यान्वयन हुन सक्दैन ।’

उनले पुरानै केन्द्रिकृत तथा एकात्मक सोँचले संविधानको कार्यान्वयन गर्न नसकिने बताउनु भयो । केन्द्रिकृत मानसिकतालाई परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए।

३,आश्विन.२०८०,बुधबार २१:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्