सर्पले टोकेर सिन्धुलीमा एक जना महिलाको मृत्यु

काठमाडौं । सर्पले टोकेर सिन्धुलीमा एक जना महिलाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका-६ की ६५ वर्षीया जानुकी माझी सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

माझीलाई बुधबार सर्पले टोकेको थियो । घाइते अवस्थामा बुहारीले भेटेर उनलाई अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

४,आश्विन.२०८०,बिहीबार ०८:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्