बिहीबार नयाँ रेकर्ड बनाएको अमेरिकी डलरको भाउ घट्यो, आज कतिमा हुँदैछ किनबेच?

एजेन्सी । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।

मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको डलरको भाउ यसदिन घटेको हो।

मंगलबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३३ रूपैयाँ ५४ पैसा तोकिएको थियो। यो मूल्य हालसम्मकै महँगो हो।

बिहीबार भने डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसा कायम गरिएको छ।
यो मूल्य अघिल्लो दिनको ३२ पैसा घटेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रुपैयाँ २१ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ३० पैसा र बिक्रीमा २८ रुपैयाँ ४३ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३७ पैसा तोकिएको छ।

४,आश्विन.२०८०,बिहीबार १०:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्