लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग राउटेले मागे दशैं खर्च

दाङ । फिरन्ते जीवन बिताउने राउटेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी समक्ष दशैं खर्च मागेका छन् । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखिया विर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गर्दै आफ्नो समुदायका लागि दशैं खर्च दिन आग्रह गरेका हुन् ।

उनले दशैंमा खसी बली दिनुपर्ने भएकाले आफ्नो समुदायका लागि दुई लाख दशैं खर्च दिन आग्रह गरे । ‘दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि दिनुपर्छ, खसी खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो’ मुख्यमन्त्री समक्ष शाहीले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्‍यो । हामीले लगेर सबै जनतालाई बाड्छौं।’ उनले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए ।

मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गरिने बताए । ‘राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ, ’ मुख्यमन्त्री चौधरीले भने, ‘२/३ दिनमा सरकारको केही सहयोग हुन्छ ।’

राउटे शाही टोलीले मुख्यमन्त्री चौधरीसँगै अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालसँग पनि भेटेका थिए ।

४,आश्विन.२०८०,बिहीबार १५:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्