नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ आज पनि हेर्न नभ्याइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइने भएको छ । पाटन उच्च अदालतमा ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा पेशी तोकिएको थियो । अन्य मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइने भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयसहित २० जनाको पुनरावेदन निवेदन परेको छ । यसअघि जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

४,आश्विन.२०८०,बिहीबार १६:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्