कांग्रेस बैठकमा उठ्यो सरकारले माओवादी नेता संलग्न प्रकरणमा छानबिन नगरेको प्रसंग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले भुटानी शरणार्थी प्रकरणको छानबिनमा अग्रसरता लिए पनि आफ्ना पार्टीको नाम जोडिएका प्रकरणमा छानबिन नगरेको आरोप लगाएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै उनले माओवादीले सुन प्रकरणमा जोडिएका महरालाई छानबिन नगरेको बताए ।

उनले भने, ‘शरणार्थी प्रकरणमा सरकार र गृह मन्त्रालयले जुन तदारुकता देखायो । आफ्नो दलका नेताहरु सहभागी भएको देखिएपछि माओवादीले अनेक बहानामा कृष्णबहादुर महरामाथि छानबिन गरेन ।’

नेता शिवाकोटीले समूहको नाममा पार्टी सभापतिले देखाएको व्यवहारले पार्टीलाई नै खोक्रो बनाउनेसमेत टिप्पणी गरे । उनले पार्टी अनुशासन समितिको निर्णयमा समेत प्रश्न उठाए ।

५,आश्विन.२०८०,शुक्रबार १३:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्