
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले शेयर बजारले समेत कांग्रेसलाई पत्याउन छाडेको टिप्पणी गरेको छन्। अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोखरेलले देशको अर्थतन्त्र डरलाग्दो अवस्थामा रहेको बताए।
उनको भनाइ जस्तोको तस्तै :
अहिले देशको अर्थतन्त्र डरलाग्दो छ। द्वन्द्वले गरिखाने माहोल नहुँदा विदेश गएकोको रेमिटेन्सले गर्दा बाह्य अर्थतन्त्र राम्रो देखिएको छ । तर आन्तरिक क्षेत्र तहसनहस छ। निराशाजनक अवस्था छ। प्रत्येक दिन साना ठूला एक जना व्यवसायीले आत्महत्या गरेका छन्। गरिखाने वर्गमा मान्छेहरुलदे प्रत्येक दिन आत्महत्या गर्नु डरलाग्दो हो। बैंकहरुमा ५ खर्ब रुपैयाँ थन्किएको छ । सरकारले राम्रो नीति नबनाउँन नसकोको कारण त्यो पैसा उद्यमी लिन सकिरहेको छैनन्।
अहिले हामीले हेर्यौं ‘नाडा अटो शो’मा सबैले कार मात्रै किनेका छन्। तल्लो तहकाहरुले स्कुटर बाइक किनेका छैनन्। किनभने सबै सहकारीले लोन दिन बन्द गरेका छन्। स्कुटर मोटरसाइलक कसरी किन्ने रु करिब ६० देखि ७० प्रतिशत रोजगारी सिर्जना गर्ने मझोला क्षेत्र तहसनहस छ। देशभर ३५ प्रतिशत सटर बन्द भइसकेका छन्। यो अवस्था झन् विकराल बन्दैछ। रकारको ढुकुटीमा करिब साढे दुई खर्ब थन्किएको छ ।
अर्थमन्त्री राष्ट्र बैंकको मौद्रिक नीतिले गर्दा अर्थतन्त्र बिग्रियो भनिरहनुभएको छ। गभर्नर भन्नुहुन्छ सरकारको आर्थिक नीतिले गर्दा अर्थतन्त्रको हालय यस्तो अवस्थामा भएको हो। सरकारको संवेदनशील तहमा बस्ने दुई जनाले अनुत्तरदायी भएर यसरी पब्लिकमा गएर बोल्नुभएको छ।
अनि शेयर बजारसहित सबैतिर निराशा छ। कांग्रेस सरकार र अर्थमन्त्री हुँदाखेरी सेयर बजार उकालो लाग्थ्यो । तर अहिले ओरालो लागेको छ । यो राम्रो संकेत चाहिँ होइन। कांग्रेसले कमाउँछ कम्युनिस्टले बाँड्छ भन्थे पहिले त्यो इमेज बिग्रिदै गइरहेको छ। यो अवस्थामा हामी कसरी अगाडि बढ्ने ?
देशैंको मुखमा ठुला बजारहरु सुनशान छन्। व्यापारीहरु आक्रोशित र निराश छन्। त्यतातिर हामीले ध्यान दिनै सकेको छैनौं। हामीले अर्थतन्त्रमा अस्थिरता पनि ल्यायौं। छोटो समयमा छिटो छिटो तीन चोटी अर्थसचिव परिवर्तन भए। विभागीय प्रमुख पनि परिवर्तन भएका छौं । यसले राम्रो सन्देश बाहिर जान सक्दैन। हामीले सवा चौध खर्ब राजस्व उठाउँने लक्ष्य राखेको छौं। त्यो पूरा गर्न सक्दैनौं।
प्रदेशमा मन्त्रालय फुटाएर मन्त्री थप्ने काम हाम्रै मुख्यमन्त्रीले गरिरहेका छन्। राष्ट्रको सार्वजनिक ऋण बढिरहेको छ। सार्वजनिक ऋण केपी ओलीको पालाबाट बढेर २४ खर्ब पुग्न थालिसकेको छ। यो हिबासले हामी राष्ट्रको ऋण पनि बढाउँदै जाने, तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छ । यतातिर ध्यान नदिए । भोलि कांग्रेसले एकलौटी सरकार बनाउँदा देश कसरी चलाउँछ रु यतातिर चाहिँ हामीले बहस गर्नुपर्ने छ। फजुल खर्च रोक्ने तिर हामीले ध्यान दिनुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्