
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बिपीको विचारबाट फालिएको बताए।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए । उनले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहनुभएको बताउनु भयो । उहाँले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताए । उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो ग¥यौं भन्ने ठाउँ नरहेको बताए।
उनले बताए, ‘मेरो अनुभवले यो भन्छ की २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ । राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो । राजासँग हामी लडेका थिएनौँ ? बिपी कोईरालाको विचार हेर्नुस् त । उहाँले राजालाई संविधान सभा भित्र बस्छौ की बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो । यो माओवादीले फालेको हो र ? बिपीको विचारले फालेको हो । बिपी फालिहाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो । त्यसकारण यो माओवादीले फालेको होइन । फालेर राम्रो ग¥यो त ? त्यो पो चाहियो छ ।’
प्रतिक्रिया दिनुहोस्