शिक्षकपछि डाक्टर सडकमा, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् । हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।
माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागे ।

नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीले कैद गरेका डाक्टरको आन्दोलनका केही तस्बिर

९,आश्विन.२०८०,मंगलवार ११:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्