काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

सूचना तथा प्रसारण विभागले भन्यो, ‘इजाजत नलिई वाकीटकी आयात र बेचबिखन नगर्नू’

4.16K
shares
khanepani bord

काठमाडौ । काठमाडौ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सी इजाजत लिएर मात्र बेचबिखन गर्न भनेको छ।

विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन समेत गरी बेचबिखन भइरहेको जानकारी पाएपछि वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीमा कडाइ गर्न लागेको हो।

‘नेपालमा वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो ( सञ्चार) लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ। हाल विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत गरी लाइसेन्स लिएर आयात, बिक्री वितरण तथा प्रयोग गर्नुपर्ने वाकीटकी लगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको भन्ने विषयमा यस सूचना तथा प्रसारण विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ।

विभागबाट लाइसेन्स अनुमति नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरू आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न पनि उसले भनेको छ।

‘त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत नगर्न नगराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। अन्यथा प्रचलित ‘कानून’ बमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

IME
khanepani